नागरिकले समयमै सूचना दिएर प्रहरीलाई सहयोग गर्नुपर्छः डिएसपी ढुंगाना



२६ पुस, रामेछाप ।
जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी नवराज ढुंगानाले जिल्लाभित्र अपराधिक गतिविधि रोक्न प्रहरीले सक्रियतापूर्वक काम गरिरहेको बताएका छन् । उनले समाजमा हुने अपराध रोकथाम र नियन्त्रणमा नागरिकको समेत दायित्व रहेको बताउदै समयमा नै सूचना दिएर प्रहरीलाई सहयोग गर्नुपर्ने बताएका हुन् । डिएसपी ढुंगानाले प्रहरी कर्मचारी समेत कुनै कमजोरी पाइएमा तत्काल आफूलाई खबर गर्न आग्रह गरे ।
दोरम्बा शैलुङ गाउँपालिकाको टोकपुरमा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा नागरिकबाट आएको जिज्ञासाको जवाफ दिदै उनले भने,‘जिल्लाभित्र अपराधिक गतिविधि बढन नदिने प्रहरीले काम गरिरहेको छ, बर्षौदेखि फरार रहेका अभियुक्तलाई पनि पक्राउ गरेका छौ ।’

प्रतिक्रिया दिनुहोस्