रामेछापमा एमालेका नवनिर्वाचित अध्यक्षसहित पदाधिकारीले सम्हाले कार्यभार



२७ पुस, रामेछाप ।
नेकपा एमाले रामेछापका नवनिर्वाचित अध्यक्षसहित पदाधिकारीहरुले आज कार्यभार सम्हालेका छन् । आज पार्टी कार्यालय मन्थलीमा आयोजित एक कार्यक्रमकोबीच निर्वतमान अध्यक्ष शान्ति पौडेलले निर्वाचित अध्यक्ष आनन्द श्रेष्ठलाई जिम्मेवारी हस्तान्तरण गरेका हुन् । नवनिर्वाचि अध्यक्ष र पदाधिकारीलाई एमाले जिल्ला इन्चार्ज कैलाश ढुंगेलले स्वागत गर्दै सफल कार्यकायलको शुभकामना दिएका थिए ।

आठौ महाधिवेशनबाट श्रेष्ठ सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका छन् । पदाधिकारीमा भने चुनाव भएको थियो । चुनावबाट उपाध्यक्षमा इन्द्रबहादुर तामाङ, सचिवमा पुरुषोत्तम कडरिया, उपसचिवद्धयमा प्रकाश कुमार कार्की र होतराज ढकाल निर्वाचित भएका थिए । अधिवेशनबाट ९० जना सदस्य निर्वाचित भएका छन् । बाँकी १८ जना बने मनोनित हुने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्