राष्ट्रिय युवा संघको केन्द्रीय सदस्यमा रामेछापका श्रेष्ठ मनोनित
१ माघ, काठमाडौं ।
नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघको केन्द्रीय सदस्यमा रामेछापका ओमराज श्रेष्ठ मनोनित भएका छन् । खाँडादेवी गाउँपालिका–३ भिरपानी निवासी श्रेष्ठ युवा संघको केन्द्रीय सदस्यमा मनोनित भएका हुन् । युवा व्यवसायी समेत रहेका श्रेष्ठ व्यवसायसँगै राजनीतिमा सक्रिय रहदै आएका छन् । युवा संघको सचिवालय बैठकबाट श्रेष्ठ केन्द्रीय सदस्यमा मनोति भएका हुन् ।