दोरम्बा शैलुङ गाउँपालिकाद्धारा घरघरमै पुगेर अपाङ र बृद्धाबृद्धलाई न्यानो कपडा वितरण



५ माघ, रामेछाप ।
दोरम्बा शैलुङ गाउँपालिकाले जाडोको लागि गाउँपालिकाभित्रका बृद्धाबृद्ध र अपाङगता भएका व्यक्तिहरुलाई न्यानो कपडा वितरण गरेको छ । जाडोमा ओढने कपडाको अभाव हुन नदिने गाउँपालिकाले ब्लाङकेट वितरण गरेको हो । गाउँपालिकाले सात वटै वडाका ७८ वर्षदेखि ८५ वर्षसम्मका ४२४ जना बृद्धाबद्ध र ११० अपाङ्गता भएका व्यक्तिहरुलाई न्यानो कपडा वितरण गरेको हो ।

गाउँपालिकाले गत बर्षबाट बृद्धाबद्धलाई न्यानो कपडा वितरण गर्ने अभियान अगाडि बढाएको थियो । दोरम्बा शैलुङ गाउँपालिकाका अध्यक्ष कमानसिंह मोक्तानले गाउँपालिकाभित्र अपाङगता र बृद्धाबृद्धलाई न्यानो कपडाको अभाव हुन नदिने उदेश्यले ब्लाङकेट वितरण गरिएको बताए । गत बर्ष गाउँपालिकाले ८० बर्ष भन्दा माथिका पाँच सय ४५ जना बृद्धाबद्धलाई न्यानो कपडा वितरण गरेको थियो । गाउँपालिकाभित्र हाल अपाङगता र बृद्धाबद्धको संख्या सात सय भन्दा बढी रहेको छ । यस बर्ष न्यानो कपडा खरिदको लागि गाउँपालिकाले सात लाख रुपैयाँ विनियोजन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्