युवा संघको केन्द्रीय सदस्यमा रोक्का मनोनित, रामेछापबाट को–को ?



८ माघ, काठमाडौं ।
राष्ट्रिय युवा संघको केन्द्रीय सदस्यमा रामेछापका सोनु रोक्का केन्द्रीय सदस्यमा मनोनित भएका छन् । युवा संघको केन्द्रीय सचिवालय एवं नवौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकले रोक्कालाई केन्द्रीय सदस्यमा मनोनित गरेको हो ।

यसअघि रामेछापबाट युवा संघको केन्द्रीय सदस्यमा नौ जनाको सहभागीता रहेको थियो । रोक्का मनोनित भएसँगै जिल्लाबाट युवा संघको केन्द्रीय सदस्य हुनेको संख्या दस जना पुगेको छ । युवा संघले यसअघि कार्य विभाजन समेत गरेको थियो ।

युवा संघको पूर्व केन्द्रीय उपाध्यक्ष समेत रहेका कृष्णहरि केसीलाई केन्द्रीय कार्यालय सदस्य तथा उद्योग विभागको प्रमुख, केन्द्रीय सदस्य रहेका बाबुराम तामाङलाई रामेछापको जिल्ला इन्चार्जको जिम्मेवारी दिएको छ । त्यसैगरी अमित कार्की आर्थिक विभाग उपप्रमुख, राजकुमार खड्का, छोटी शेर्पा, ओमराज श्रेष्ठ, दिनेश कार्की, शंकर लाखे यसअघि युवा संघको केन्द्रीय सदस्य भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्