गोविन्द खड्का भन्छन–बिरामी भएको खबर गर्नुहोस हेलिकोप्टर पठाउछु



९ माघ, काठमाडौं ।
लिखुतामाकोसी गाउँपालिकाभित्र सञ्चालित दुई वटै एम्बुलेन्स एकसाथ विग्रिदा बिरामीलाई अस्पताल लैजान निकै सास्ती भएको छ । गाउँपालिकाभित्र बिरामी हुँदा अहिले ट्याक्टर र ट्रक खोजेर अस्पताल लैजानु पर्ने बाँध्यता छ । गाउँपालिकाले बिग्रिएका एम्बुलेन्स समयमा नै मर्मत नगर्दा बिरामीका आफन्तहरुले मंहगो भाडा तिरेर बिरामीलाई अस्पताल लैजाने गरेका छन् ।

तर लिखुतामाकोसी गाउँपालिकाका अध्यक्ष गोविन्द बहादुर खड्काले गाउँमा एम्बुलेन्स नपाएको विषयमा आफूलाई कसैले पनि खबर नगरेको बताए । उनले भने,‘म जनताको सेवा गर्ने मान्छु हुँ, दुई वटै एम्बुलेन्स अहिले विग्रिएर बनाउने काम भइरहेको छ, बिरामीका आफन्तले मलाई भन्नु पर्यो, आवश्यक परे म हेलिकोप्टरबाट पनि बिरामीलाई अस्पताल लैजाने व्यवस्था गर्न सक्छु ।’ उनले एम्बुलेन्स नपाउदा बिरामीलाई अस्पतालसम्म लैजाने खर्च व्यक्तिगत रुपमा आफूले बेर्होने बताउदै बिरामी भएको खबर भने दिन आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्