सुनापति गाउँपालिकाभित्र पक्की घर बनाउन अब नक्सा पास अनिवार्य
१४ माघ, रामेछाप ।
सुनापति गाउँपालिकाभित्र अब नयाँ घर निर्माण गर्दा अनिवार्य रुपमा गाउँपालिकाबाट नक्सा पास गराउनु पर्ने भएको छ । गाउँपालिकाले यस अघि बनेका पक्की घरलार्य अभिलेकिखरण गराउन आग्रह गर्दै अब बन्न घरको हकमा अनिवार्य रुपमा नक्सा पास गराउनु पर्ने नियम लागू गरेको हो ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफ ४२ (१) तथा सरकारको वस्ती विकास, शहरी योजना तथा भवन निर्माण सम्बन्धी आधारभूत मापदण्ड २०७२ को बुँदा नम्बर ८ अनुसार पालिकाभित्र नक्सा पास गरेका घर तथा भवनलाई ३५ दिनभित्र अभिलेखिकरण गर्न सूचना जारी गरेको छ ।
सुनापति गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कलमराज श्रेष्ठले पुराना पक्की भवनको अभिलेखिकरण गर्न र नयाँ घर बनाउन गाउँपालिकाको भवन निर्माण तथा सडक मापदण्ड बमोजिम नक्सा पास गरेर मात्र घर निर्माण गर्नुपर्ने रामेछाप न्युजलाई बताए । उनका अनुसार गाउँपालिकाको अनुमति विना भवन तथा कुनै संरचना बनाएको पाइउमा पालिकाबाट नक्सा पास हुनेछैन् । सडकको पहुँच विस्तार भएसँगै गाउँपालिकाभित्र पक्की घर निर्माण हुने क्रम बढेको छ ।