स्थानीय तहको चुनाव दुई/तीन महिनापछि गर्दा पनि हुन्छः अध्यक्ष बस्नेत



१५ माघ, रामेछाप ।
नेकपा एकीकृत समाजवादी रामेछापका अध्यक्ष समेत रहेका मन्थली नगरपालिकाका नगरप्रमुख रमेश कुमार बस्नेतले स्थानीय तहको निर्वाचन दुई÷तीन महिनापछि गर्दा पनि कुनै फरक नपर्ने बताएका छन् ।

उनले वैशाखमै स्थानीय तहको निर्वाचन गर्दा कानुनी जटिलता रहेको बताउदै बताउदै आगामी असोजमा निर्वाचन गर्दा पनि फरक नपर्ने बताएका हुन् । रामेछाप न्युजसँग कुराकानी गर्दै अध्यक्ष वस्नेतले भने,‘सकेसम्म तीनै तहको निर्वाचन एकै पटक गर्दा झन राम्रो हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्