जेठको पहिलो साता स्थानीय तहको निर्वाचन हुने



१५ माघ, काठमाडौं ।
सरकारले यही जेठभित्र नै स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने भएको छ । आज सत्ता गठबन्धनको बैठकले जेठ मसान्तभित्र स्थानीय तहको निर्वाचन गर्न सुझाव दिने निर्णयसँगै सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणाको गृहकार्यमा जुटेको हो ।

मिति घोषणा गर्नको लागि प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गर्ने भएका छन् । निर्वाचन अयोगका उच्च स्रोतले रामेछाप न्युजलाइ दिएकाे जानकारी अनुसार जेठको पहिलो साता निर्वाचनको मिति तोक्ने सुझाव दिने तयारी गरिएको छ । प्रधानमन्त्री र निर्वाचन आयोगका पदाधिकारीबीच भोली भेटवार्ता हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्