खाँडादेवी जेसिसको नयाँ अध्यक्षमा श्रेष्ठ



१६ माघ, रामेछाप ।
खाँडादेवी जेसिजको वर्ष २०२२ का लागि पहिलो पद स्थापना तथा पद हस्तान्तरण समारोह सम्पन्न भएको छ । जेसी सम्झना श्रेष्ठको नेतृत्वलाई वर्ष २०२१ को समितिले पद हस्तान्तरण गरेको हो । वर्ष २०२१ का अध्यक्ष जेसी होमराज श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रलाई सम्बोधन गर्दै नेकपा एमालेका रामेछापका इन्चार्ज समेत रहेका बागमती प्रदेशका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले नयाँ नेतृत्वलाई कृषि खेलकदु र सांंस्कृतिलाई जोडेर कार्यक्रम सञ्चालन गर्न आग्रह गरे । समाज सेवाका काम गर्दै आएको र आगामी दिनमा पनि यहाँका बिपन्न समुदायको हित काम हुने उनले विश्वास व्यक्त गरे ।

उक्त कार्यक्रममा खाँडादेवी गाँउपालिका अध्यक्ष प्रेमबहादुर तामाङ, उपाध्यक्ष मखमली श्रेष्ठ, नेपाल जेसीजकी राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष जेसी रमा प्याकुरेल , राष्ट्रिय उपाध्यक्ष जेसी जीवन श्रेष्ठ, राष्ट्रिय उपाध्यक्ष जीवन कार्की, राष्ट्रिय महासचिव कृष्ण सापकोटा, खाँडादेवी जेसीजको मातृत्व शाखा काठमाडौं जेसीज बर्ष २०२२ का अध्यक्ष अनुप सुनार लगाएत विभिन्न शाखाका अध्यक्षहरु,पुर्व अध्यक्षहरुको सहभागीता रहेको थियो ।

जेसिजका राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष जेसी रमा प्याकुरेल लगायतले नयाँ नेतृत्वकोलाई रचनात्मक काम गर्न सुझाव दिएका थिए । २०२२ का अध्यक्ष जेसी सम्झना श्रेष्ठले आगामी दिनमा आफनो टिमले सबैसँग सहकार्य र समन्वय गरेर काम गर्ने बताइन ।
नयाँ नेतृत्वको कार्यकारिणी उपाध्यक्षमा जेसी गुणराज श्रेष्ठ र जेसी सरिता श्रेष्ठ रहेको छ भने उपाध्यक्षहरुमा जेसी सुजन श्रेष्ठ , जेसी रेश्मा श्रेष्ठ , जेसी दिपक राउत छन् । त्यसैगरी कानुनी सल्लाहकारमा जेसी होम बहादुर खत्री, कोषाध्यक्षमा जेसी विपिन राज श्रेष्ठ र महासचिवमा जेसी विनोद कुमार श्रेष्ठ रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्