रामेछापको सित्खामा युवासंघको राके जुलुस



१७ माघ, रामेछाप ।
स्थानीय तहको निर्वाचनको मिति तत्काल घोषणा गर्न ढिलाई गरेको भन्दै राष्ट्रिय युवासंघ भिरपानीले सित्खा बजारमा राकेजुलुस निकालेको छ । सरकारले संविधान अनुसार घोषणा गर्नुपर्ने स्थानीय तहको निर्वाचनको मिति पछि सार्न अनेक षडयन्त्र गरिरहेको आशंका गर्दै युवा संघ रामेछापका अध्यक्ष लक्ष्मण राईको नेतृत्वमा आज साँझ खाँडादेवी गाउँपालिकोका सित्खामा संघले विरोध प्रदर्शन सहित राजे जुलुस निकालेको हो ।

नेकपा एमाले भिरपानी वडा कमिटीका अध्यक्ष भिम श्रेष्ठले सरकारले स्थानीय तहको निर्वाचनको मिति तत्काल घोषणा गर्नुपर्ने माग सहित सित्खामा राकेजुलुस निकालेको जानकारी दिए । उनका अनुसार सरकारले निर्वाचनको मिति घोषणा गर्नको लागि ढिलाई गरे अब वडा तहबाटै शसक्त रुपमा विरोधको कार्यक्रम सञ्चालन गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्