रामेछापमा विकास माग्दै नेकपा एकीकृत समाजवादीका नेताहरु हेटौडामा



२१ माघ, काठमाडौं ।
रामेछाप जिल्लाभित्र विकास निर्माणको आयोजना माग गर्दै नेकपा एकीकृत समाजवादी रामेछापका नेताहरुले बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेसँग भेट गरेका छन् । जिल्लाभित्र रहेका समस्या समाधान गर्न माग गर्दै नेकपा (एस)का पोलिटब्यूरा सदस्यए एवं रामेछापका इन्चार्ज देवशकंर पौडेललको नेतृत्वमा मुख्यमन्त्री पाण्डेसँग भेटेर बुँदागत रुपमा योजनाको माग गरेको हो । उक्त भेटमा जिल्लाभित्र रहेको खानेपानी, सिचाईँ, सडक लगायतको विषयमा योजना माग गरिएको छ ।

नेकपा (एस)का पोलिटब्यूरो सदस्य एवं रामेछापका सह–इन्चार्ज होम बुढाथोलीले जिल्लाभित्र जनताले भोग्दै आएका समस्या समाधान गर्न मुख्यमन्त्रीसँग माग गरिएको रामेछाप न्युजलाई बताए । जवाफमा मुख्यमन्त्री पाण्डेले जिल्लाभित्र देखिएको समस्याको विषयमा ध्यानाकर्षण भएको बताउदै आवश्यक अनुरुप सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्