रामेछापको दोरम्बा गाउँ हिउले ढाक्यो (फोटोफिचर)



२२ माघ, रामेछाप ।
दोरम्बा शैलुङ्ग गाउँपालिकाको दोरम्बा गाउँ हिउले ढाकेको छ । अविरल बर्षासँग परेको हिमपातको कारण गाउँपालिकाको वडा नम्बर २ दोरम्बा हिउले ढाकेको हो । शैलुङमा यसअघि हिमपात भएपछि दोरम्बा गाउँमा बाक्लो हिउ परेको यस बर्ष पहिलो पटक हो । हिउ परेपछि दोरम्बामा हिउ खेल्न आन्तरिक पर्यटकहरुको भिड बढेको छ । दोरम्बा गाउँपालिका–२ दोरम्बाका वडा सदस्य रन्जित मोक्तानले हिउ परेसँगै दोरम्बामा हिउ खेल्नेहरुको भिड बढेको बताए ।

प्रतिक्रिया दिनुहोस्