अब बस्ने मन्त्रीपरिषद् बैठकले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने



२२ माघ, काठमाडौं ।
अब बस्ने मन्त्रिपरिषद्को बैठकबाट स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने भएको छ । सरकारले निर्वाचन आयोगसँग परामर्श गरेर स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न लागेको हो । आयोगले आगामी जेठ ४ गते एकै चरणको स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न सुझाव दिएको छ ।

सोही अनुसार पर्सी माघ २४ गते बस्ने मन्त्रपरिषद्को बैठकले निर्वाचनको मिति घोषणा गर्ने तयारी रहेको प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयका एक सदस्यले बताए । उनका अनुसार अब सरकार निर्वाचन सम्बन्धी कानुन संशोधन नगरी स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्नेछ । यसअघि सत्ता गठबन्धनले निर्वाचन सम्बन्धि कानुन संशोधन गर्न सुझाव दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्