रामेछापको ६४ वटै वडामा चुनाव जित्ने अभियान चलाउँछौः कैलाश ढुंगेल



२२ माघ, रामेछाप ।
नेकपा एमालेका केन्द्रीय सदस्य एवं रामेछापका इन्चार्ज कैलाश ढुंगेलले रामेछापको ८ वटै स्थानीय तहको ६४ वटै वडामा निर्वाचन जित्ने गरी अभियान चलाउने बताएका छन् । उनले पार्टी विगतको भन्दा बलियो उपस्थिति रहेको बताउदै स्थानीय तहको निर्वाचनमा रामेछापमा सबै वडा जित्ने गरी पार्टीलाई परिचालन गर्ने दावी गरेका हुन् ।

राजधानीमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै इन्चार्ज ढुंगेलले अब काठमाडौं भन्दा रामेछापको गाउँगाउँमा पुगेर चुनावी अभियानमा केन्द्रीत हुन नेता कार्यकर्तालाई निर्देशन दिए । उनले भने,‘अब चुनाव जित्नको लागि गाउँ गाउँमा खटिनुहोस, रामेछापमा एमालेलाई हराउने तागत अरु पार्टीसँग छैन् ।’
राजनीतिक कारणले चुनाव जित्छौ, पैसाले होइन, पार्टीले माया लगाएर हासी हासी चुनाव जित्ने वातावरण बनाउछ,उनले भने ।

प्रतिक्रिया दिनुहोस्