शैलुङ्गमा २१ बर्षपछि बाक्लो हिमपात, अहा ! हिउ परेपछिको मनोरम दृष्य (फोटोफिचर)



२३ माघ, रामेछाप ।
रामेछाप र दोलखाको संगमस्थल शैलुङ्गमा २१ बर्षपछि भारी हिमपात भएको छ । लामो समयपछि शैलुङ्गसहित आसपासको क्षेत्रमा बाक्लो हिमपात भएको हो । हिमपात भएसँगै शैलुङ्ग क्षेत्रमा सवारी साधन आवातजावत बन्द भएको छ । हिउको कारण जनजीवन समेत प्रभावित बन्न पुगेको छ । तर हिउ परेसँगै शैलुङ्ग क्षेत्रका किसानहरु भने उत्साहित भएका छन् । शैलुङ्ग पर्यटन क्षेत्रका अभियन्ता एवं स्थानीय दावा साङवु शेर्पाले हिमपातको कारण कृषकहरु उत्साहित भएको बताए । उनले रामेछाप न्युजसँग भने,‘शैलुङ्ग क्षेत्रमा पाँच फिट भन्दा बढी हिउ जमेको छ, अझै केही दिन सवारी साधन चल्ने अवस्था छैन, धेरै बर्षको अन्तरालमा बाक्लो हिमपात हुँदा जनजीवन प्रभावित बन्न पुगेको छ ।’ यसअघि शैलुङमा हिउ खेल्ने आउनेहरु यस पटक दोरम्बा अग्लेश्वर लगायतकै क्षेत्रमा हिउ खेलेर फर्किएका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्