केन्द्रमा रहेको सत्ता गठबन्धन, रामेछापको स्थानीय तहकाे निर्वाचनमा के होला ?



२६ माघ, रामेछाप ।
स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेसँगै रामेछापमा राजनीतिक दलहरु चुनाव केन्द्रीत अभियानको तयारीमा जुटेका छन् । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले चुनावी कार्यक्रम तत्काल अगाडि बढाउने गरी कार्यक्रम सार्वजनिक तयारी गरेको छ । एमालेको सात वटै प्रदेशमा प्रशिक्षण कार्यक्रमसँगै जिल्ला तहमा पनि चुनावी कार्यक्रम सुरु हुने भएको छ ।

सत्ता गठबन्धनमा आबद्ध दल भने केन्द्रको निर्णयपछि मात्र चुनावी कार्यक्रम बनाउने प्रतिक्षामा बसेका छन् । एमसीसीको विषयलाई लिएर सत्ता गठबन्धनमा विवाद चर्किदै जादा स्थानीय तहमा सत्ता गठबन्धन कायम हुने कि नहुने आशका कायमै रहेको छ ।
सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेस एक्लै स्थानीय तहको निर्वाचनमा जाने रणनीतिमा छ भने सत्ता सहयात्री नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी स्थानीय तहमा पनि गठबन्धन बनाएर चुनाव लडनु पर्नेमा जोड दिदै आएको छ ।

रामेछापको आठ वटा स्थानीय तह मध्ये पाँच वटा स्थानीय तहमा एमालेले गत चुनावमा जित हाल पारेको थियो । एमालेले जितेको मन्थली नगरपालिकाका नगरप्रमुख रमेश कुमार वस्नेत एमाले छोडेर नेकपा एकीकृत समाजवादीमा लागेका छन भने एमालेबाटै निर्वाचित लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष गोविन्द खड्कालाई तत्कालिन नेकपा पार्टी हुँदा पार्टीको साधारण सदस्य समेत नरहने गरी कारवाही गरेको थियो । उनको कारवाही अहिले एमालेले पनि यथावत नै राखेको अवस्था छ । एमालेले गोकुलगंगा गाउँपालिमा अध्यक्ष, उपाध्यक्ष र उमाकुण्ड गाउपालिकामा अध्यक्ष जित हासिल गरेको थियो ।

गत निर्वाचनमा कांग्रेसले रामेछाप नगरपालिकामा मात्र जित हासिल गरेको थियो । माओवादी केन्द्रले सुनापति र दोरम्बा शैलुङ गाउँपालिकामा निर्वाचन जितेको थियो । केन्द्रमा सत्ता गठबन्धनभित्र विवाद उत्कर्षमा पुगिरहेको बेला स्थानीय तहमा तालमेल हुन्छ कि हुँदैन भन्ने प्रतिक्षामा जिल्ला नेताहरु बसेका छन् ।
नेकपा माओवादी केन्द्र रामेछापका संयोजक मैनकुमार मोक्तानले पार्टी केन्द्रको निर्देशन अनुसार स्थानीय तहमा सत्ता गठबन्धनबीच चुनावी तालमेल हुन नहने टुंगो लाग्ने बताउन । उनले भने,‘केन्द्रमा सत्ता गठबन्धनमा सहमति बने रामेछापको स्थानीय तहमा पनि गठबन्धन बनाएर चुनावमा सहभागी हुन्छौ ।’

प्रतिक्रिया दिनुहोस्