एमसीसी संसदमा टेबल हुने, सत्ता गठबन्धन संकटमा



२७ माघ, काठमाडौं ।
नेपाली कांग्रेसले अमेरिकी सहयोग मिलेनिय च्यालेन्ज कर्पोरेसन (एमसीसी) आगामी संसद बैठकमा टेबल गर्ने निर्णय गरेको छ । सभामुख अग्नि प्रसाद सापकोटामाथि महाअभियोग लगाएर भएपनि एमसीसी संसदमा टेबल गर्ने निर्णय गरेको हो ।

अमेरिकाले एमसीसी बारे तत्काल निर्णय गर्न दबाब दिएसँगै प्रधानमन्त्री शेर बहादुर देउवाले आगामी फागुन २ गते बस्ने संसद बैठकमा एमसीसी टेबल गर्ने गरी गृहकार्य गरिरहेका छन् । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशरण महतले एमसीसी संसदमा पेश भए बहुमतले पारित हुने दावी गरेका छन् ।

एमसीसी पारित गर्न सत्ता गठबन्धनमा आबद्ध नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी तयार छैनन् । तर प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्ष दल एमाले र जसपाको बाबुराम भट्टराई समुहका सांसदको साथ लिएर एमसीसी पारित गर्ने योजनाको साथ अगाडि बढेको स्रोतको दावी छ । एमसीसी संसदमा टेबुल हुने अवस्थासम्म सत्ता गठबन्धनमा सहमति नभए अहिलेको सत्ता गठबन्धन टुटने भएको छ ।

प्रतिक्रिया दिनुहोस्