रोजगारी नपाए खाँडादेवी गाउँपालिकामा आउनुहोस्ः अध्यक्ष तामाङ



२७ माघ, रामेछाप ।
खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङले रोजगारी नपाए गाउँपालिकामा सम्पर्क गर्न आग्रह गरेका छन् । उनले गाउँपालिका युवाहरुको लागि रोजगारी दिन तयार रहेको बताउदै यही बेराजगार भएको अवस्थामा गाउँपालिकामा सम्पर्क गर्न आग्रह गरेका हुन् । उनले रामेछाप न्युजसँग भने,‘प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत गाउँपालिकाका एक हजार जनाले फर्म भरेपनि अहिले काम गर्ने बेलामा पनि रोजगारी चाहियो भनेर आएका छैनन् ।’

गाउँपालिकाले यस आर्थिक बर्षका लागि सार्वजनिक पूर्वाधार निर्माण लगायत अन्य श्रममूलक विकास निर्माण आयोजनाको कामका लागि पारिश्रमिकमा आधारित योजना संलग्न भई काम गर्नका लागि इच्छुक व्यक्तिले गत आर्थिक बर्षमा आवेदन दिएका थिए । उक्त आवेदन अनुसार यस आर्थिक बर्षका लागि सूचीकृत बेरोजगारको सूचीमा समावेश भएकाहरुलाई आगामी दस दिनभित्रमा सम्पर्कमा आउन गाउँपालिका सूचना जारी गरेको छ ।

यस आर्थिक बर्ष गाउँपालिकाको लागि प्रधानमन्त्री रोजगार कार्यक्रम करिब असी लाख भन्दा बढी बजेट रहेको छ । एक सय दिन बराबरको रोजगारीको लागि एक हजार जनाले सुचीकृत गराए पनि काम खोजी गर्दै गाउँपालिका आउने संख्या नभएपछि गाउँपालिकाले सूचना नै जारी गरेर रोजगारीको लागि आउन आग्रह गरेको हो ।

प्रतिक्रिया दिनुहोस्