मन्थली नगरपालिकाद्धारा पहिलो पटक १५ शैयाकाे अस्पताल सञ्चालन
२७ माघ, रामेछाप ।
मन्थली नगरपालिकाले पहिलो पटक नगरपालिकामा १५ शैयाको अस्प्ताल सञ्चालनमा ल्याएको छ । नगरपालिकाद्धारा सञ्चालित प्राथमिक स्वास्थ केन्द्रलाई स्तरउन्नती गर्दै नगरपालिकाले मन्थली अस्पतालको रुपमा विकास गरेको हो । अस्पताल उदघाटन गर्दै मन्थली नगरपालिकाका नगरप्रमुख रमेश कुमार बस्नेतले अस्पताल सञ्चालनमा ल्याउनु नगरपालिकाको ठूलो उपलब्धि भएको बताए ।
नगरवासीहरुको सेवालाई प्राथमिकता दिएर अस्पताल सञ्चालन गरिएको बताउदै उनले सामान्य उपचारको लागि राजधानी धाउनु पर्ने बाँध्यता हटने विश्वास व्यक्त गरे ।