खाँडादेवी गाउँपालिकामा कांग्रेस र माओवादी छोडेर २७ जना एमालेमा प्रवेश



२९ माघ, रामेछाप ।
नेकपा एमालेले खाँडादेवी गाउँ कमिटीले स्थानीय तहको निर्वाचनको तयारीमा जुटेको छ । गाउँ कमिटीले विभिन्न वडाहरु प्रशिक्षण कार्यक्रम सुरु गरेको छ । एमालेले कार्यकर्ता भेलालाई तीब्रता दिएको हो ।
खाँडादेवी गाउँपालिका–२ मझुवाको निगालपानीमा आयोजित कार्यक्रममा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका २७ जना नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् ।
नवप्रवेशीलाई एमाले पोलिटब्यूरो सदस्य कमल चौलागाई, खाँडादेवी गाउँपालिकाका अध्यक्ष एवं एमालेका नेता प्रेम बहादुर तामाङले स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्