रामेछापको सबै स्थानीय तहमा एमालेले जित्छः कैलाश ढुंगेल



२९ माघ, रामेछाप ।
नेकपा एमालेका केन्द्रीय सदस्य एवं रामेछापका जिल्ला इन्चार्ज कैलाश ढुंगेलले आगामी स्थानीय तहको निर्वाचनमा सबै स्थानीय तहमा पार्टीले चुनाव जित्ने दावी गरेका छन् । उनले रामेछापको आठ वोटै स्थानीय तहमा सूर्य उदाउने दावी गरेका हुन् ।

शनिबार रामेछाप सदरमुकाम मन्थलीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले आगामी स्थानीय तहको निर्वाचनमा जिल्लाको आठ वटै स्थानीय र ६४ वटामै वडामा निर्वाचन जित्ने बताए । स्थानीय तहको निर्वाचनमा जिल्लाका सवै पालिकामा एमालेको जित हुनेगरी विशेष योजनाका साथ १३ हजार भन्दा बढी नेता कार्यकर्ता परिचालन गर्ने ढुंगेलले बताए ।

 

प्रतिक्रिया दिनुहोस्