महाअभियोग प्रस्तावको शसक्त प्रतिवाद गर्ने एमालेको निर्णय



१ फागुन, काठमाडौं ।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सत्ता गठबन्धनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको दर्ता गराएको महाअभियोग प्रस्तावको प्रतिवाद गर्ने निर्णय गरेको छ । एमालेले महाअभियोगको प्रस्ताव लोकतन्त्रक र अदालतमाथिको प्रहार भएको निष्कर्ष निकाल्दै सशक्त रुपमा प्रतिवाद गर्ने निर्णय गरेको हो ।

आइतबार बसेको एमाले सचिवालय बैठकले सत्तारुढ गठबन्धनमा रहेका दलका सांसदले पेश गरेको महअभियोग प्रस्तावलाई लोकतन्त्रमाथिको प्रहार भएको निष्कर्ष निकालेको छ । एमालेका महासचिव शकंर पोखरेलले महाअभियोग प्रस्ताव सार्वभौमसत्तामाथिको प्रहार र स्थानीय तहको निर्वाचनलाई धकेल्ने षड्यन्त्र भएको निष्कर्ष निकालेको बताउनुभयो । सत्तापक्ष र प्रतिपक्षका बीचमा लामो समयपछि थालनी भएको संवादको प्रयासलाई विथोल्ने षड्यन्त्रका रुपमा महाअभियोग प्रस्ताव आएको बताउदै उहाँले यो कदमलाई असफल बनाउने बताउनुभयो ।

सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई विथोल्ने र अदालतलाई सत्ताको निर्देशनमा चल्ने संस्था बनाउने उद्देश्यले महाअभियोग प्रस्ताव दर्ता भएको बताउदै पोखरेलले पार्टीको तर्फबाट गम्भीर ढंगले प्रतिवाद गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले सोमवार बस्ने संसदीय दलको बैठकले यस विषयमा आवश्यक निर्णय गर्ने पार्टील निर्देशन दिएको जानकारी दिनुभयो ।

त्यसैगरी एमालेले सभामुख अग्नि सापकोटालाई मार्गप्रशस्त गर्ने वा आफ्नो गल्तीलाई सच्याएर अघि बढ्नेबारे निर्णय लिन विकल्प अगाडि सारेको छ । आफ्नो पार्टीले कारबाही गरेका १४ सांसदको विषयमा सभामुखको भूमिकालाई दिएर सापकोटालाई दुई विकल्प दिएको हो । सभामुखको भूमिका उहाँले निर्वाह गर्न सक्नुभएन । उहाँको भूमिकाप्रति हाम्रो आपत्ति रहेको छ । १४ जना सांसदलाई कारबाही गर्ने एमालेको निर्णयमा सभामुखले आफ्नो गल्तीलाई सच्याउने वा जारी अवरोध अन्य गर्नका लागि मार्गप्रशस्त गर्ने भन्ने दुई विकल्प हामीले दिएका छौँ’ पेखरेलले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्