रामेछापको राकाथुममा बन्यो शहीद रानामगरको शालिक
१ फागुन, रामेछाप ।
रामेछापको खाँडादेवी गाउँपालिका–१ राकाथुममा जनयुद्धको क्रममा शहीद भएका अर्जुन कुमार रानामगर (भगवान)को शालिक निर्माण गरिएको छ । खाँडादेवी गाउँपालिका–१ राकाथुम वडा कार्यालयबाट विनियोजित रकमबाट रानामगरको शालिक निर्माण गरिएको हो ।
निर्माण गरिएको शालिकको आज २७ औं जनयुद्ध दिवसको अवसरमा रामेछापका प्रतिनिधिसभा सांसद श्याम कुमार श्रेष्ठले शहीद रानामगरको शालिकको अनावरण गरेका हुन् । राकाथुमको चापबोटस्थित अर्जुन स्मृति शहीद पार्कमा निर्माण गरिएको रानामगरको शालिक निर्माण गरिएको हो । वडा कार्यालय राकाथुमबाट विनियोजित करिब १८ लाख लागतमा पार्कसहित शहीद रानामगरको शालिक निर्माण गरिएको वडा अध्यक्ष विष्णु श्रेष्ठले जानकारी दिए ।