एमसीसीको विरोधमा संसद भवन अगाडि तनाबग्रस्त (फोटोफिचर)



४ माघ, काठमाडौं ।
अमेरिकी सहयोग परियोजना एमसीसी खारेजीको माग गर्दै नयाँ वानेश्वर क्षेत्र तनाबग्रस्त बनेको छ । एमसीसीको विरोधमा सत्तारुढ दल नेकपा माओवादी केन्द्रका भातृ संगठनहरुले संयुक्त रुपमा विरोध प्रदर्शन गरेको कारण तनाबग्रस्त बनेको हो । एमसीसी टेबल गर्न नदिन दबाब दिनको लागि माओवादी विप्लवसहितका भातृ संगठनका नेता कार्यकर्ताहरु प्रदर्शनमा उत्रिएका हुन् । प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोजेपछि झडपको अवस्था आएको हो । तनाब बढदै गएपछि प्रहरीले पानीको फोहोरा हानेको थियो ।

प्रतिक्रिया दिनुहोस्