रामेछापमा एकीकृत समाजवादीको ३२ वटा वडामा कमिटी विस्तार



७ फागुन, रामेछाप ।
नेकपा एकीकृत समाजवादी रामेछापले जिल्लाभर संगठन विस्तारको कामलाई अभियानकै रुपमा अगाडि बढाएको छ । आठ वटा स्थानीय तहमा रहेको ६४ वटा मध्ये नेकपा (एस)ले यस अवधिमा ३२ वटा भन्दा बढी वडामा वडा कमिटी विस्तार गरेको छ ।

नेकपा (एस)का पोलिटब्यूरो सदस्य एवं रामेछापका इन्चार्ज देवशंकर पौडेलले जिल्लाभित्र पार्टी कमिटी विस्तारलाई अभियानकै रुपमा अगाडि बढाइएको रामेछाप न्युजलाई बताए । उनका अनुसार आधा भन्दा वडाहरुमा वडा कमिटी विस्तार भएको छ । पौडेलले आज खाँडादेवी गाउँपालिकाको पकरवासमा वडा कमिटी विस्तार गरिएको जानकारी दिए । उनले जिल्लामा पार्टीको उपस्थिति बलियो बनाउने गरी संगठन विस्तारको कामलाई अगाडि बढाइएको बताए ।

प्रतिक्रिया दिनुहोस्