रामेछापको सबै वडामा कांग्रेसले चुनाव जित्छः सभापति कान्छाराम
७ फागनु, रामेछाप ।
नेपाली कांग्रेस रामेछापका सभापति पूर्णबहादुर तामाङले आगामी स्थानीय तहको निर्वाचनमा पार्टीले सबै वडामा चुनाव जित्ने दावी गरेका छन् । उनले जिल्लाभित्र पार्टीको उपस्थिति बलियो रहेको बताउदै सबै वडामा चुनाव जित्ने दावी गरेका हुन् ।
७२ औं प्रजातन्त्र दिवसको अवसरमा मन्थली नगरपालिका–१० इकार्इले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सभापति तामाङले एमाले र माओवादीले लिन मात्र जानेको तर दिन केही नजानेको आरोप लगाए । उनले गत प्रतिनिधिसभाको निर्वाचनमा आफू पराजित भएपनि घोषणा गरेको बाचा अनुरुपको काम गरिरहेको बताए ।