रामेछापमा चुनाव जित्न काठमाडौंमा एमालेको दौडधुप
७ फागुन, काठमाडौं ।
आगामी स्थानीय तहको निर्वाचन जित्ने गरी चुनावी कार्यक्रम घोषणा गरेको एमाले रामेछापले जिल्लाभित्रसँगै राजधानी काठमाडौंमा पनि दौडधुप बढाएको छ । जिल्ला नेतृत्वदेखि गाउपालिका कमिटी र नगरपालिका कमिटीका अध्यक्षसहित काठमाडौंमा कार्यकर्ता भेटघाटदेखि सम्पर्क मञ्च विस्तारमा जुटेका छन् ।
शनिवार मात्र काठमाडौंमा एमाले रामेछापको सात वटा कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिका, नगरपालिका र वडा सम्पर्क मञ्चले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्न नेताहरुको धौडदुप देखिन्थ्यो । जिल्ला इन्चार्ज कैलाश ढुंगेल, जिल्ला अध्यक्ष आनन्द श्रेष्ठ, सचिव पुरुषोत्तम कडरिया लगायतका नेताहरु दिनभरजस्तै सम्पर्क मञ्चले आयोजना गरेको कार्यक्रममा सहभागी भएका थिए ।
म जिताउछु मेरा वडा, हामी जिताउछौं हाम्रो पालिका भन्ने अभियानको साथ अगाडि बढेको एमालेले आगामी स्थानीय तहको निर्वाचनमा आठ वटै स्थानीय तह र ६४ वटै वडामा निर्वाचन जित्ने दावी गरेको छ ।
यी हुन एमाललेका सात कार्यक्रमः
१. नेकपा एमाले गोकुलगंगा रामेछाप काठमाण्डौ सम्पर्क मन्चको प्रथम अधिबेशन , आर। आर। क्याम्पस
२. एमाले दुरागाउँ रामेछाप काठमाडौ सम्पर्क मन्च रआर आर क्याम्पस
३. एमाले मनपा ११,१२,१३ र १४ वडाको सम्पर्क मन्च गौरिशंकर पार्टी प्यालेस
४. एमाले खाँडादेबी (३ भिरपानी रामेछाप काठमाडौ सम्पर्क मन्च ए वान क्याफे शंखमुल
५. एमाले सुनापती (५ खनियापानी रामेछाप काठमाडौ सम्पर्क मन्च
६. एमाले खाँडादेबी (४ पकरबास रामेछाप वडा सम्पर्क मन्च
गठन र भेला तथा
७. दोरम्बा शैलुङ रामेछाप काठमाडौ सम्पर्क मन्च को बिस्तारित बैठक धन्यवाद पार्टी प्यालेस बानेश्वरमा सम्पन्न भएको छ।