एमसीसी संसदबाट पारित भए माओवादी सरकारबाट बाहिरिन्छः सांसद श्रेष्ठ



९ फागनु, काठमाडौं ।
रामेछापका प्रतिनिधिसभा सांसद श्याम कुमार श्रेष्ठले संसदमा टेबल भएको एमसीसी सम्झौता पारित भए आफ्नो पार्टी सरकारबाट बाहिरिने बताएका छन् । उनले सैन्य रणनीति अन्तर्गत एमसीसी परियोजना आएको बताउदै अमेरिकाले नेपाललाई आर्थिक सहयोग भन्दा पनि रणनीतिक योजना मार्फत संसदमा प्रवेश गराएको बताएका हुन् ।

सांसद श्रेष्ठले रामेछाप न्युजसँग भने,‘एमसीसी देशको हितमा छैन, नेपालमा स्थायित्व नहोस भन्ने चाहनाबाट आएको छ, यो देश र जनताको हितमा छैन् ।’
सत्तारुढ दलले बनाएको सरकारको न्युनतम साझा कार्यक्रममा नपरेको विषयलाई नेपाली कांग्रेसले जबरजस्ती रुपमा अगाडि बढाएको बताउदै उनले सरकार गठबन्धनको चाहना र भावना विपरीत अगाडि बढेको बताए । संसदमा निणार्थ पेश गरेर एमसीसी सम्झौता पारित भएमा हाम्रो पार्टी सरकारमा बस्दैन, उनले भने ।

प्रतिक्रिया दिनुहोस्