सत्ता गठबन्धनमा संकटः ओली भेटन पुगे प्रचण्ड



१२ फागनु, काठमाडौं ।
एमसीसी पारित गर्ने विषयमा सत्तारुढ दलबीच विवाद उत्कर्षमा पुगेको छ । गठबन्धनकोभित्रको विवादको कारण अब सत्ता गठबन्धन करिब फुटको दिशामा पुगेको छ । फुटको औपचारिक घोषणा हुन बाँकी रहेको छ । एमसीसी पारित गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले छलफल तीब्र बनाएका छन् ।

एमसीसी पारित गर्न प्रधानमन्त्री देउवाले एमालेका अध्यक्ष केपी ओलीसँग भेटवार्ता गरेका छन् । उक्त छलफल सकारात्मक भएको निष्कर्ष सहित अहिले पुनः सात बजेट देउवा र ओलीबीच वार्ता हुने भएको छ । दुई नेताबीच सकारात्मक छलफल भएसँगै गृहमन्त्री बालकृष्ण खाँडले सभामुख अग्नि सापकोटालाई भेटेर मार्ग प्रशस्त गर्न आग्रह गरिसकेका छन् ।

यसैबीच सत्ता गठबन्धन टुटने भएसँगै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि एमालेका अध्यक्ष्ँ अ‍ोलीसँग भेटवार्ता गरेका छन् । प्रधानमन्त्री देउवाले ओलीलाई भेटेलगत्तै संसद भवनस्थित एमाले संसदीय दलको कार्यकक्षमा ओली भेट्न प्रचण्ड पुगेका हुन् । अहिले भेटवार्ता भइरहेको छ । एमसीसीबारे छलफल गर्न विहीबार बोलाइएको प्रतिनिधिसभा बैठक सरकारको आग्रहमा स्थगित गरेसँगै प्रमुख दलका शीर्ष नेताबीच निरन्तर भेटवार्ता चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्