जिल्ला समन्वय कमिटी रामेछापको संयोजकमा मोक्तान, सचिवमा श्रेष्ठ चयन
१३ फागनु, काठमाडौं ।
नेकपा माओवादी केन्द्र जिल्ला समन्वय कमिटी रामेछापको संयोजकमा मैन कुमार मोक्तान सचिवमा तारानारायण श्रेष्ठ चयन भएका छन् । बागमती प्रदेश कमिटीको बैठकले संयोजकमा मोक्तान र सचिवमा श्रेष्ठलाई जिम्मेवारी दिएको हो । मोक्तन यसअघि पनि रामेछापको संयोजक रहेका थिए । संविधानसभाका सदस्य समेत रहेका श्रेष्ठलाई सचिवको जिम्मेवारी दिएको छ ।