सुनापति गाउँपालिको हिलेदेवीमा एमालेको पार्टी कार्यालय उदघाटन
१४ फागुन, रामेछाप ।
नेकपा एमाले सुनापति गाउँ कमिटीले गाउँपालिकाको केन्द्र हिलेदेवी (साँदीडाँडा)मा पार्टी कार्यालय स्थापना गरेको छ । चुनाव केन्द्रीत अभियानसँगै एमाले सुनापति गाउँ कमिटीले पार्टी कार्यालय सञ्चालनमा ल्याएको हो ।
पार्टी कार्यालय उदघाटन कार्यक्रममा एमालेका पोलिटब्यूरो सदस्य कमल चौलागाई, जिल्ला इन्चार्ज कैलाश ढुंगेल, जिल्ला अध्यक्ष आनन्द श्रेष्ठ, एमालेका नेता समेत रहेका जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेम बहादुर खड्का, खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङ, नेता तुला प्रसाद कडेल, सुनापति गाउँ कमिटीका अध्यक्ष ज्ञान कुमार योञ्जन, उपाध्यक्ष अम्बरध्वज लामा लगायतको सहभागीता रहेको थियो ।