नेपाल मगर संघ रामेछाप–काठमाडौं सम्पर्क समितिको अध्यक्षमा आले मगर चयन
फागुन १७, काठमाडौं ।
नेपाल मगर संघ रामेछाप–काठमाडौं सम्पर्क समितिको आठौ अधिवेशनबाट हरि आले मगर अध्यक्षमा निर्वाचित भएका छन् । आज सम्पन्न अधिवेशनबाट मगरको नेतृत्वमा पाँच सदस्यीय पदाधिकारी पनि सर्वसम्मत रुपमा निर्वाचित भएका छन् ।
सम्पर्क समितिको उपाध्यक्षमा विष्णु राना मगर, सचिवमा जानुका मगर, सह सचिवमा कृष्ण गाहा मगर र कोषाध्यक्षमा प्रज्ञा थापा मगर चयन भएका छन् ।