कांग्रेस रामेछापद्धारा माओवादीका सांसद चौलागाई सम्मानित



१ पुृस, रामेछाप ।
नेपाली कांग्रेस रामेछापले नेकपा माओवादी केन्द्रबाट रामेछाप प्रदेश ख बाट निर्वाचित बागमती प्रदेशका सांसद युवराज चौलागाईलाई सम्मान गरेको छ । आज सदरमुकाम मन्थलीमा पार्टी कार्यालय बिपी स्मृति भवनमा बसेको नेपाली कांग्रेसको जिल्ला कार्यसमितिको बैठकले सांसद चौलागाईलाई सम्मान गरेको हो ।

रामेछापका प्रतिनिधिसभा सांसद एवं कांग्रेस रामेछापका सभापति पूर्ण बहादुर तामाङ कान्छारामले चौलागाई प्रमाणपत्र र दोसला ओढाएर सम्मान गरेका थिए । मंसिर ४ मा सम्पन्न संघ र प्रदेशको चुनावमा कांग्रेस र माओवादी गठबन्धन गरेर चुनाव लडेका थिए ।

प्रतिक्रिया दिनुहोस्