यस पटक सांसदको भूमिकामा मात्र मलाई सीमित राखेको छः युवराज चौलागाई
११ माघ, काठमाडौं ।
रामेछाप प्रदेश ख बाट निर्वाचित बागमती प्रदेशका सांसद एवं माओवादी केन्द्रका नेता युवराज चौलागाईले बागमती प्रदेशका नवनियुक्त मन्त्रीहरुलाई बधाई दिदै यस पटक आफूलाई नेतृत्वले सांसदको भूमिकामा मात्र सीमित गरेको बताएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन, बागमती प्रदेश सरकारमा नेतृत्वको बिश्वास जितेर मन्त्रीको जिम्मेवारी पाउनु हुने सबै बधाइ दिै मन्त्रीको जिम्मेवारी पाउने माओवादीका सबै नेताहरु योग्य र सक्षम रहेको बताएका छन् ।
उनले भनेका छन,यस सन्दर्भमा मेरो बारेमा निरन्तर चिन्ता र चासो पूर्वक सोधखोज गर्ने कमरेड एवं साथीहरुलाई धन्यवाद ज्ञापन गर्दछु । म जस्तो भुंई तहबाट आएको मानिसको सीमा र कमजोरी बुझेरै होला नेतृत्वले यस पटक सांसदको भूमिकामा मात्र मलाई सीमित राखेको छ,जसलाई मैंले स्वीकार गर्नुको बिकल्प छैन ।नेतृत्वलाई धन्यवाद ।
रामेछापका जनताको अपेक्षा पुरा गर्न जहाँ भए पनि आफू निरन्तर लागि रहने बताउदै निर्वाचनमा बिश्वास गरी सबभन्दा धेरै मत दिने सबै रामेछापाली जनतालाई पुनः धन्यवाद ज्ञापन गरेका छन् ।
रामेछापबाट पहिलो पटक प्रदेश सांसदमा निर्वाचित चौलागाई मन्त्री बन्ने चर्चा रहेको थियो । तर अन्तिम समयमा आएका माओवादीले छनौट गरेको सूचीमा चौलागाई अटाउन सकेनन । मन्त्री नबने पनि उनले पार्टीबाट मन्त्री भएकाहरुलाई बधाई दिदै नेतृत्वलाई पनि सांसदको भूमिकामा मात्र सीमित गरेकोमा बधाई दिएका छन् ।