माओवादी केन्द्रले ३८६ केन्द्रीय सदस्य बनाउदा, रामेछापबाट केन्द्रीय सदस्यमा चार जना
२६ माघ, काठमाडौं ।
नेकपा माओवादी केन्द्रले केन्द्रीय सदस्यहरुको नाम टुंगो लगाएको छ । माओवादीको स्थायी कमिटीको बैठकले पदाधिकारी, स्थायी समिति, केन्द्रीय सदस्य र वैकल्पिक केन्द्रीय सदस्यहरुको नाम टुंगो लगाएको हो । पदाधिकारीमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित २२ जना रहेका छन् । यस्तै स्थायी कमिटीमा ४४ जना, केन्द्रीय समितिमा ३८६ जना रहेका छन् ।यस्तै वैकल्पिक केन्द्रीय समिति सदस्यमा २०२ जना रहेका छन् ।
३८६ सदस्यीय केन्द्रीय सदस्य बन्दा रामेछापबाट चार जना रहेका छन् । रामेछापबाट जिल्ला इन्चार्ज श्याम कुमार श्रेष्ठ, बागमती प्रदेशसभा सदस्य युवराज चौलागाई, नेतृ सुनिता गौतम र संविधासभा सदस्य लक्ष्मी गुरुङ केन्द्रीय सदस्य भएका छन् । त्यसैगरी अम्बरध्वज लामालाई वैकल्पिक केन्द्रीय सदस्यममा चयन भएका छन् ।