वाणिज्य विभागमा बिचौलिया काम गर्ने रामेछापका लामासहित तीन जना पक्राउ
३ माघ, रामेछाप ।
वाणिज्य विभागमा सेवाग्राहीलाई छिटो काम गरिदिन्छु भन्दै दुःख दिएको आरोपमा प्रहरीले वाणिज्य विभाग बबरमहलबाट ३ जना विचौलियाहरुलाई पक्राउ गरेको छ । काठमाडौंमा आउने सेवाग्राहीहरुलाई काम छिटो छरितो गरी दिन्छु भनी रकम मागेको सूचनाको आधारमा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा उदयपुर ताप्ली गाउँपालिका–५ घर भई हाल कागेश्वरी मनोहरा नगरपालिका–९ बस्ने ५१ वर्षीय क्षेत्रबहादुर खड्का, रामेछाप नगरपालिका–९ घर भई हाल सूर्यविनायक नगरपालिका–२ बस्ने ३४ वर्षीय राज लामा र उदयपुरको ताप्ली गाउँपालिका ५ घर भई मध्यपुर ठिमी बस्ने २९ वर्षीय निरज बुढाथोकी रहेका छन् ।
पक्राउ परेका उनीहरुमाथि मुलुकी अपराध संहिता २०७४ को दफा ११८ को अभद्र व्यवहार गर्न नहुने सम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट ठ दिनको म्याद थप अनुमति लिई प्रहरी वृत्त सिंहदरवारबाट थप अनुसन्धान भइरहेको प्रहरी परिसर टेकुका सूचना अधिकारी सिताराम रिजालले जानकारी दिए ।
्