महिलालाई सक्षम बनाउन आर्थिक जीवनस्तर माथि उकास्नु पर्छः उपप्रमुख कार्की
२४ फागुन, रामेछाप ।
रामेछाप नगरपालिकाका नगर उप–प्रमुख बाल कुमारी कार्की थापाले महिलाहरुको आर्थिक जीवनस्तर माथि उठाउन उद्यमलाई अघि बढाउनु पर्ने बताइन । उनले आर्थिक जीवनस्तरमा सुधार नगरि महिलाहरुको जीवनस्तर माथि उठाउन नसकिने बताउदै गाउँगाउँमा उद्यमी बनाउने अभियान चलाउनु पर्ने बताइन ।
११३ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा रामेछाप न्युजसँग कुराकानी गर्दैै उपप्रमुख कार्कीले महिला शसक्तिकरणका लागि सामाजिक जागरणको खाँचो रहेको बताउदै क्षमताको विकाससँगै आर्थिक रुपमा आत्मनिर्भर बनाउने योजनाको आवश्यकता रहेको बताइन । उनले भनिन,‘महिलालाई हक अधिकार दिइएको छ, कार्यान्वयन गर्न महिला नै सक्रिय हुनुपर्छ, गाउँघरमा साना उद्योगबाट पनि आत्मनिर्भर बन्न बन्न सकिन्छ भन्ने विश्वासको खाँचो छ ।’
महिलाहरुले परम्परालाई मात्र दोष लगाएर पन्छिने अवस्था नरहेको बताउदै कार्कीले समाजिक विभेद भत्काउने कार्यमा स्वयंम महिलाहरु नै सक्रिय भएर लाग्नु पर्ने बताइन । समाजमा रहेका नकारात्मक र परम्परालाई परिवर्तन गर्न पुरुषहरुको पनि उत्तिकै महत्वपूर्ण भूमिका हुने बताइन ।
उनले नगरपालिकाले महिलाहरुको क्षमता बृद्धिका लागि विभिन्न खालकास सीममूलक कार्यक्रम अघि बढाउने बताउदै आफूले जानको सीप र ज्ञानलाई व्यवहारमा उर्तान पनि उतिकै खाँचो रहेकोमा जोड दिइन ।