रामेछाप नगरपालिकाका नगरप्रमुख न्यौपाने प्रदेश समन्वय परिषद्को सदस्यमा मनोनित
११ वैशाख, काठमाडौं ।
रामेछाप नगरपालिकाका नगरप्रमुख लवश्री न्यौपाने बागमती प्रदेश समन्वय परिषद्को सदस्यमा मनोनित भएका छन् ।
बागमती प्रदेशको मुख्यमन्त्री शालिकराम जमकट्टेले वैशाख ८ मा संघ, प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध ) ऐन, २०७७ को उपदफा (१) को खण्ड (ङ) बमोजिम प्रदेश समन्वय परिषद्को सदस्यमा मनोनयन गरेका हुन् ।