खाँडादेवी गाउँपालिकामा इन्धनमा २९ लाख र गाडी मर्मतमा २२ लाख खर्च



३० साउन, रामेछाप ।
खाँडादेवी गाउँपालिकाले एक बर्षमा २९ लाख रुपैयाँ बराबरको इन्धन खर्च गरेको छ । गाउँपालिकाले एक बर्षको अवधिमा अध्यक्ष उपाध्यक्ष चढने दुई वटा गाडी, १८ वटा मोटरसाइकल एउटा जेसीभी र एउटा एम्बुलेन्समा गरी २९ लाख रुपैयाँ इन्धनमा खर्च गरेको हो । खाँडादेवी कगाउँपालिकाका लेखा अधिकृत बिजय लुइँटेलले एक बर्षमा २९ लाख रुपैयाँ इन्धनमा खर्च भएको रामेछाप न्युजलाई जानकारी दिए । उनका अनुसार २२ वटा सवारी साधनको मर्मत गरे बापत २२ लाख रुपैयाँ खर्च भएको छ । वडा अध्यक्षहरुले भने वडा कार्यालयबाटै इन्धनको सेवा लिने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्