साउन महिनामा मात्र रामेछापमा ३ हजार सवारी साधनमाथि कारवाही



१५ भदौ, रामेछाप ।
रामेछाप जिल्लामा साउन महिना मात्र ट्राफिक नियम उल्लघंन गर्ने तीन हजार भन्दा बढी सवारी साधनमाथि कारवाही भएको छ । जिल्ला ट्राफिक कार्यालय रामेछापले जिल्लाभित्र सञ्चालन हुने सवारी साधनले नियम पालना नगरेको भन्दै तीन हजार भन्दा बढी सवारी साधनमाथि कारवाही गरेको हो ।

गत आर्थिक बर्षमा रामेछाप जिल्लाभित्र ८ हजार ८ सय सवारी साधनमाथि ट्राफिक प्रहरीले कारवाही गरेको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापका इन्चार्ज दिपक चौलागाईले ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनमाथि कडाईपूर्वक अनुगमन गर्दै आएको बताए ।

उनले रामेछाप न्युजसँग भने,‘सम्भावित दुर्घटना रोक्नको लागि अभियानकै रुपमा सवारी साधनले नियम पालना भए नभएको नियमित रुपमा चेकजाँच गर्ने गरेका छौं ।’ सवारी चालकको सानो लापरवाहीले ठूलो दुर्घटना हुने भएकाले चालकहरु जिम्मेवार बन्नु पर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्