नेम्वाङको निधनमा सरकारले दियो बिहीबार शोक बिदा
भदाै २७ काठमाडौं । सुवास नेम्वाङको निधनमा सरकारले बिहीबार शोक बिदा दिएको छ। मंगलबार गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता केदारनाथ शर्माले विज्ञप्ति जारी गर्दै बिहीबार शोक बिदा हुने जानकारी दिनु भएको हो ।
नेम्वाङको अन्तिम संस्कारका दिन नेपालभरका सबै सरकारी कार्यालयहरू, विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा सार्वजनिक बिदा हुने र कार्यालयहरूमा राष्ट्रिय झण्डा आधा झुकाइने गृह मन्त्रालयका प्रवक्ता शर्माले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
नेम्वाङको पार्थिव शरीरलाई मंगलबार ललितपुरस्थित पार्टीको केन्द्रीय कार्यालय च्यासलमा राखिएको छ। पार्टी कार्यालयमा भोलि दिउँसो १ बजेसम्म राखिनेछ।
त्यसपछि बालुवाटारस्थित निवासमा लगिने छ। बिहीबारमात्रै उहाँको अन्तिम संस्कार गरिने छ ।