२० डलर देखाएर रामेछापमा पाँच लाख लुटियो
२५ कात्तिक, रामेछाप ।
दैलेखबाट डलर साटन आएका एक युवक रामेछापमा लुटिएका छन् । दैलेखदेखि पाँच लाख रुपैयाँ लिएर डलर साटन आएका दैलेख ठाडीकाद गाउँपालिका–४ का २२ बर्षिय राजेन्द्र कठायत लुटिएका हुन् । धेरै पैसा कमाई हुने प्रलोभनमा आज दैलेखदेखि रामेछापको खाँडादेवी गाउँपालिका–१ राकाथुममा आएका कठायतलाई दुई युवकलदे जंगलमा रुमालमा २० रुपैयाँको डलर देखाएर पाँच लाख लिएर फरार भएका छन् ।
पीडित कठायतले आफू लुटिएको थाहा पाएपछि जिल्ला प्रहरी कार्यालय रामेछापमा मौखिक उजुरी दिएका छन् । उनले खाँडादेवी गाउँपालिका–१ राकाथुम घर बताउने बर्ष २७ का दल बहादुर लामा ९८२८२११९१३ ) भन्ने व्यक्ती र निज सँग आएको नाम थर नखुलेको व्यक्तिले आफूलाई डलरसँग नेपाली रुपैयाँ साटने भन्दै पैसा लुटेको जुरीरी गरेका छन् ।
दुई जना मिलेर पीडित राजेन्द्र कठायतलाई २ वटा रुमालको पोको देखाई डलर छ भनी एउटामा २० को डलरहरु देखाई झुक्यायर अर्को रुमालको पोकोमा भएको करिब छ हजार रुपैयाँ बराबरको नेपाली रकम झोलामा हालिदिएको उनलने बताएका छन् । पाँच लाख लिएर फरार भएका दुई व्यक्तिको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता रञ्जन कुमार गिरीले रामेछाप न्युजलाई बताए । उनका अनुसार फरा रहेका व्यक्तिकोसबै चेक प्वाईन्ट तथा शंकास्पद एरियामा चेकजाँच भइरहेको जानकारी दिए ।