डहु माविको सफलताको कथाःनमूना विद्यालयदेखि एसईई परीक्षामा रामेछापकै प्रथमसम्म
२ असार, रामेछाप ।
कुनै पनि सफलता एकै पटक हात पर्दैन । सफलता प्राप्त गर्नको लागि निरन्तर मेहनत र धैर्यताको खाँचो पर्छ । समयको गतिलाई पक्रन सक्नेले नै सफलताको शिखर चढन सक्छ भनेझैं रामेछाप जिल्लाको सुनापति गाउँपालिका–४ बेथानस्थित डहु मावि डहुले पनि शिक्षा क्षेत्रमा नमूना रुपमा परिचित गराएको छ ।
रामेछाप जिल्लाभर रहेका सामुदायिक विद्यालय मध्ये नमूना बनाउन सफल भएको डहु माविले यस बर्षको एसईई परीक्षामा जिल्लाकै प्रथम नतिजा हासिल गर्न सफल भएको छ । जिल्लाभर सञ्चालनमा रहेको सामुदायिक विद्यालय र बोर्डिङ स्कुललाई पछि पादै डहु माविकी लक्की लामा रामेछाप जिल्लाका प्रथम हुन सफल भएकी छिन् । विद्यालयमा शिक्षक र विद्यार्थीको मेहनत, अभिभावकको साथ नै सफलताको कारण बनेको छ । डहु माविबाटै जिल्ला प्रथमसँगै सामुदायिक विद्यालय तर्फबाट छात्राहरु मध्ये इभान्जेलिना वल, रमिना योञ्जन, सनिम लामा ३.६० जेपिए सहित जिल्ला दोस्रो भएका छन् ।
डहु मावि डहुका प्रअ दलबहादुर लामा विद्यालयको शैक्षिक, भौतिक र आर्थिक उन्नयनका लागि समर्पित अध्यक्ष, र प्रशासक हुनुपर्ने मान्यता राख्छन् । लामाले भन्छन–समय र युगको माग अनुसार हामीले पठनपाठनको शैली अपनायौ, जसको कारण आज रामेछाप जिल्लाकै नमूना र यस बर्षको एसईई परीक्षामा प्रथम हुन सफल भयौं ।’
विद्यालयलाई नमूना बनाउनजको लागि अभिभावकहरको साथ र सहयोगको पनि ठूलो भूकिका रहेको बताउदै लामाथ थपे विद्यार्थीहरुको सिकाईको लागि अभिभावाकलाई बढी जवाफदेही बनाउनु पर्ने बताए । ‘विद्यार्थीमा शैक्षिक जागरण ल्याउने प्रेरक विद्यालयका शिक्षकहरु हुन्’, प्रअ लामाले भने,‘शिक्षक पेशाप्रति सन्तुष्टि भएका सामाजिक सेवामा लाग्ने चाहना भएका र नमूना शिक्षक नमूना विद्यालय बनाउन लागि पर्ने व्यक्तिहरुले यो पेशालाइ सम्हाल्नु पर्छ ।’
डहु मावि आर्थिक रुपमा सम्पन्न भएर नमूना विद्यालय बनेको होइन । राम्रो व्यवस्थापनकै कारण नमूना विद्यालय बन्न सफल भएको हो । शिक्षासँगै असल संस्कार दिएको विद्यालयले आगामी दिनमा पनि उत्कृष्ट नतिजा ल्याउने गरी लाग्ने अठोठ व्यक्त गरेको छ ।
रामेछापका कतिपय विद्यालयहरु राजनीतिक चपेटमा परेको कारण सोच अनुसारको पठनपाठन र नतिजा ल्याउन सकेका छैनन् । डहु माविमा कुनै पनि राजनीतिक प्रभाव पर्न दिइएको छैन् । अभिभावकमा विद्यालयप्रति दिएको एकता, शिक्षकहरुमा विद्यार्थी र विद्यालयप्रति झल्किएको दायित्वबोध र विद्यालय प्रशासनको उत्कृष्ट कार्यशैली नै डहु माविले नमूना बनाउन अपनाएको विधि हो ।
डहु मावि शहरको सुविधा सम्पन्न बोर्डिङ स्कुल भन्दा कम छैन । सरसफाई, कक्षाकोठाको सजावट, विद्यार्थीहरुमा देखिने अनुशासकै कारण जिल्लामा उत्कृष्ट विद्यालयको रुपमा उभ्याउन सफल भएको छ । विद्यालयमा शिक्षकको अफिस भन्दा सुन्दर सफा बालमैत्री कक्षाकोठा, बालबालिकाको आत्म सम्मान हुने सिकाई, आधुनिक प्रविधि मार्फत पठन पाठन हुँदै आएको छ । प्रअ लामा भन्छन,‘शिक्षक, विद्यार्थी र अभिभावकले आफ्नो समाजप्रतिको दायित्व र जिम्मेवारी बहन गर्ने हो भने, राज्यको लगानी दुरुपयोग होइन, सदुपयोग गरेर समाज परिवर्तन हुन्छ ।’
नमूना मावि डहुमा दुई वटा पक्की सुविधा सम्पन्न भवन छ । अहिले पुनः नयाँ भवन निर्माणको क्रममा रहेको छ । नमूना विद्यालय बनाउको लागि अहिलेसम्म अभिभावकसँग चन्दा नउठाएको बताउदै प्रअ लामाले विद्यार्थीलाई फि पनि नदिलएको बताए । विद्यालयले विद्यार्थीहरुले लगाउने पोसाकमा पचास प्रतिशत बेहोरेको छ ।
विद्यार्थीलाई मनोबैज्ञानिक बिधिबाट शिक्षण गरेको, आफ्नो आन्तरिक तयारीको मूल्यांकनका लागि संस्थागत विद्यालयहरुमा गणित, विज्ञान, अग्रजी विषयको परीक्षाको परीक्षा दिलाउने विद्यार्थीहरुलाइ काठमाडौंसम्म विद्यालयले नै लैजाने गरेको छ । सबै शिक्षक कर्मचारीहरुमा अपनत्वको भावना विकास भएको बताउदै प्रअ लामाले भने,‘ विद्यार्थीको अन्तरनिहित प्रतिभाको प्रश्फुटन गराउन सफल शैक्षिक वातावरण निर्माण गरेकोले रामेछाप जिल्लाको नमूना विद्यालय बनाउन सफल भएका हौं ।’