बजेटको ब्रिफकेससहित अर्थमन्त्री पुन मन्त्रिपरिषद् बैठकमा
काठमाडौँ । आर्थिक वर्ष २०८१ ८२ को बजेट बाचन गर्न अर्थमन्त्री बर्षमान पुन तयार भएका छन् । उनी बजेटको ब्रिफकेससहित मन्त्रिपरिषद् बैठकमा सहभागी भएका हुन् । मन्त्रिपरिषद्ले बजेट स्वीकृत गरेसँगै संसद्को संयुक्त सदनमा अर्थमन्त्रीले बजेट भाषण गर्नेछन् ।