पार्टी अध्यक्ष ओलीसँग एमाले रामेछापका अध्यक्षसहित पदाधिकारीद्धारा भेटवार्ता



३ असार, रामेछाप ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग नेकपा एमाले रामेछापका नवनिर्वाचित अध्यक्ष पुरुषोत्तम कडरियासहितका पदाधिकारीले आज भेटवार्ता गरेका छन् । निर्वाचित भएपछि आज पार्टी कार्यालय च्यासलमा अध्यक्ष कडेरिया, सचिव प्रकाशकुमार कार्की र उप–सचिवद्धय मिलन घिसिङ र मखमल श्रेष्ठले भेटवार्ता गरेका हुन् ।

भेटको अवसरमा पार्टी अध्यक्षले मिसन ८४ र विकास निर्माणको कामलाई प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिएको अध्यक्ष कडरियाले रामेछाप न्युजलाई जानकारी दिए । पदाधिकारीलाईलाई अध्यक्ष ओलीले आगामी संघ प्रदेश र स्थानीय तहको निर्वाचनमा रामेछापमा पार्टीलाई पहिलो बनाउन निर्देशन थिए । अध्यक्ष कडरियाले आफूहरु पार्टीले लिएको नीति अनुरुप रामेछाप जिल्लामा पहिलो पार्टी बनाउने अभियानमा जुटेको जानकारी गराएका थिए ।
त्यसैगरी पदाधिकारीको टोलीले पार्टी कार्यालयमै महासचिव शकंर पोखरेलसँग पनि भेटवार्ता गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्