जिल्ला समन्वय समिति रामेछापको बहुउद्देश्यी नयाँ भवन निर्माण गर्न १० करोड विनियोजन



३ असार, रामेछाप ।
रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा जिल्ला समन्वय समितिको बहुउद्देश्यीय नयाँ भवन बन्ने भएको छ । सरकारले आगामी आर्थिक बर्षको लागि प्रस्तुत गरेको बजेटमा जिससको नयाँ भवन निर्माणको लागि बजेट विनियोजन गरेको हो । शहरी विकास मन्त्रालयले भवन निर्माण गर्नका लागि बजेट विनियोजन गरेको रामेछापका प्रतिनिधिसभा सांसद पूर्णबहादुर तामाङ कान्छारामले बताए । हालको जिससको भवन पुरानो र जिर्ण भएकाले त्यसलाई भत्काएर आधुनिक र बहुउद्देश्यीय भवन निर्माण गर्न लागिएको बताउदै उनले भवनको लागि १० करोड रुपैयाँ विनियोजन भएको रामेछाप न्युजलाई जानकारी दिए ।


जिल्ला समन्वय समितिले तयार पारेको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) अनुसार प्रस्तावित भवन निर्माण गर्नको लागि करिब ३२ करोड रुपैयाँ लाग्ने लागत अनुमान गरिएको छ । आगामी आर्थिक बर्षबाट बहुबर्षिय कार्यक्रम अन्तर्गत भवन निर्माणको प्रक्रिया अघि बढाउने तामाङले बताए । उनका अनुसार अण्डग्राउण्ड पार्किङ, सभा सम्मेलन गर्न सभा हल, व्यापारिक प्रयोजनका हुने गरी भवन निर्माण हुनेछ ।

प्रतिक्रिया दिनुहोस्