अपडेटः बाढीको कारण अबरुद्ध बिपी राजमार्ग एकतर्फी सञ्चालनमा



२२ असार, काठमाडौं ।
अविरल बर्षासँगै आएको बाढीका कारण अवरुद्ध भएको बिपी राजमार्ग एकतर्फी सञ्चालनमा आएका छन् । निरन्तर वर्षाका कारण सडक माथिबाट लेदोसहित आएको बाढीका कारण आज बिहानदेखि अबरुद्ध राजमार्ग प्रहरी र स्थानीयको पहलमा एकतर्फी रुपमा सञ्चालनमा ल्याइएको हो । बिपी राजमार्गअन्तर्गत रोशी गाउँपालिकाको मङ्गलटार, नार्के, ल्हासकोट र चारयसबेँसीमा भलसहितको आएकोबाढीका कारण सडक अवरुद्ध भएको थियो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार अबरुद्ध भएको बिपी राजमार्ग अहिले एकतर्फी सञ्चालनमा आएको जनाएको छ । शुक्रबार रातिदेखि परेको निरन्तर वर्षाका कारण आज बिहान रोशी–८ नार्के र चारसयबेँसी, वडा नं ९ को मङ्गलटारस्थित मङ्गलजनविजय मावि अगाडि, वडा नं ११ कालढुङ्गा र वडा नं १२ को माम्तिस्थित बिपी राजमार्गमा खहरेखोलाबाट लेदो आई सडक अवरोध भएकोे थियो । अहिले पनि पानी परिराखेकाको कारण अत्यावश्यक बाहेक राजमार्गमा यात्रा नगर्न प्रहरीले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्