रामेछाप जिल्लाभित्रका मुख्य सडक सुचारु छः डिएसपी सिंह



२२ असार, रामेछाप ।
अविरल बर्षाको कारण देशभर विभिन्न सडक खण्ड अवरुद्ध भएपनि रामेछाप जिल्लाभित्रको मुख्य सडक सुचारु रहेको छ । आज दिउसो केही स्थानमा भेलको कारण समस्या सृजना भएपनि हाल मुख्य सडक सबै सुचारु अवस्थामा रहेको छ । तामाकोसी र सुनकोसी नदीमा जलसतह भने बढेको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी प्रदिप कुमार सिंहले जिल्लाभित्र रहेका मुख्य सडकमा बाढी पहिरोको कारण अवरुद्ध नरहेको रामेछाप न्युजलाई जानकारी दिए । उनले भने,‘सडक निर्वाध रुपमा सवारी साधन आवत जावत गरिरहेका छन, रातीको समयमा समेसम्म सवारी साधन सञ्चालन नगर्न आग्रह गर्दछौ ।’
त्यैगरी सुनापति गाउँपालिका–२ दिमीपोखरी राम्चेका धनबहादुर जर्घा मगरको घर चर्किदा विस्थापित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्