राष्ट्रिय गौरवका सिंचाइ आयोजनाहरुको अनुगमनमा मन्त्री तामाङ (फोटोफिचर)
९असाेज, काठमाडौं ।
ऊर्जा जलस्रोत तथा सिंचाइ राज्यमन्त्री पूर्ण बहादुर तामाङ कान्छारामले निर्माणाधिन राष्ट्रिय गौरवका सिंचाइ आयोजनाहरुको स्थलगत अनुगमन गरेका छन् । राष्ट्रिय गौरवका आयोजनाहरुको कामलाई गति दिन र आयोजनामा रहेका समस्या समाधानको लागि उनले स्थलगत अनुगमन गरेका हुन् । राष्ट्रिय गौरवका आयोजनाको रुपमा सञ्चालित महाकाली सिंचाइ आयोजना,महाकाली तेस्रो आयोजना,जनताको तटबन्ध, टनकपुर एवं शरदा ब्यारेजको अवलोकन गरि कामको अवस्थाको बारेमा मन्त्री तामाङले जानकारी लिएका छन् ।
त्यसैगरी उनले रानी जमरा कुलरिया सिंचाइ आयोजना,बबई सिंचाइ आयोजनाको पनि अवलोकन गरेका छन् ।
विकास निर्माणको कार्यमा सरकार प्रतिबद्ध भएर लागेको बताउदै उनले सुदुरपश्चिम प्रदेशको विकासमा संघीय सरकार हातेमालो गरेर अघि बढन तत्पर रहेको बताए । मन्त्री तामाङ आयोजना प्रमुखसहितका कर्मचारीहरुलाई कामलाई तीब्रता दिन निर्देशन दिदै नीतिगत रुपमा रहेका समस्या समाधान गर्न आफू तयार रहेको बताए । मन्त्री तामाङसहित,सिंचाई बिभागका उप–महानिर्देशक देवराज निरौलाको सहभागीता रहेको थियो ।